बैतडी : शिवनाथ गाउँपालिका–०६ कानलीका अर्जुन पार्कीका डेढ महिनाका छोराको उपचारमा समस्या भएको छ। गत महिना १९ गते डडेल्धुरा अस्पतालमा जन्मीएका बालकको टाउकोमा पानि जमेर ठुलो टाँउको भएपछि अहिले उपचारमा समस्या भएको छ।
दिन प्रतिदिन टाउको ठुलो हुदैं गईरहेकाले चाडै अप्रेसन गर्नुपर्ने भएको परिवारले जनाएको छ। हालसम्म डेढ लाखँ खर्च भईसकेको र अबको उपचारमा करिब तिनचार लाखँ खर्च लाग्ने देखिएको हुदाँ छोराको उपचारका लागि सकेको सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
घरको आर्थीक अवस्था कमजोर भएका कारण आफुसगं भएको सबै पैसा सकिएको र आगामी उपचारमा समस्या भएको जनाईएको छ। भारतको खटिमामा अप्रेसन गर्नुपर्ने भएकाले छोराको ज्यान जोगाईदिन बुवा अर्जुन पार्कीले अपिल गर्नुभएको छ।
पहिलो सन्तानको रुपमा जन्मीएका बाललको टाउकोमा समस्या देखिएपछि परिवार चिन्तामा रहेको छ। नातिको उपचार सफल गराईदिन सबै सहयोगि माहानभावहरुलाई हजुरआमा च्याउरी पार्किले आग्रह गर्नुभएको छ।
सकेको सहयोग गर्न र थप बुझ्नका लागि सम्पर्क नम्बर ९७६३८१५७३४ मा सम्पर्क गरिदिन सबै देश तथा बिदेशमा रहनुभएका नेपालीहरुमा परिवारले अपिल गर्नुभएको छ।