युद्धको पहिलो महिनामै विपिनको हत्या भएको इजरायली सेनाको दाबी

हमासले फिर्ता गरेको ४ जना बन्धकको शवमध्ये एक नेपाली विद्यार्थी विपिन जोशीको रहेको इजरायली सेनाले पुष्टि गरेको छ।

हमासले गएराति इजरायललाई ४ जनाको शव हस्तान्तरण गरेको थियो। इजरायली सेनाले फरेन्सिक परीक्षणबाट शवको पहिचान पुष्टि गरेको बताएको इजरायली सञ्चारमाध्यम द जेरुसेलम पोस्टले जनाएको ।

यसैबीच इजरायली सेनाले युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा हमासले विपिन जोशीको हत्या गरेको दाबी गरेको छ। सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलयमा गरेको अप्रत्याशित आक्रमणपछि जोशीसहित २ सय ५१ जना अपहरणमा परेका थिए। इजरायलमा भएको आक्रमणमा १० जना नेपालीसहित १ हजार २ सय जनाको ज्यान गएको थियो।

विपिनसहित ज्यान गुमाउने १० जना सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनका क्रममा लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए।

Leave A Reply

Your email address will not be published.