बझाङमा मध्यराति भूकम्पको धक्का महसुस

बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो।

भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो। स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.