काठमाण्डौ – सामोआलाई हराउँदै नेपालले आईसीसी टी–२0 एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको उपाधि जितेको छ ।
ओमानको अल अमिरात मैदानमा आज भएको छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले हरायो । नेपालले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको सामोआले २0 ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । सामोआका सिन सोनियाले सबैभन्दा धेरै ४0 रन बनाए । नेपालका ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले १र१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २0 ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । टी–२0अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो व्यक्तिगत सर्वाधिक रन हो । यसअघि उनले वेस्ट इन्डिजसँगको खेलमा ६८ रन बनाएका थिए । यस्तै लोकेश बमले ३, कप्तान रोहित पौडेलले २१ रन बनाए । सामोआका ४ जना बलरले १र१ विकेट लिए ।
नेपालले अपराजित रहँदै उपाधि जितेको हो । सुपर–सिक्समा नेपाल ५ खेलमा १0 अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रह्यो । यूएई ५ खेलमा ६ अङ्कसहित तेस्रो स्थानमा रह्यो ।
नेपाल, ओमान र यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ भने अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२0 विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।