बैतडी : डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ का प्रकाश दयालले चुलुफार ईस्ट हिमालको सफल आरोहण गरेका छन। दयालले ६ हजार २८ मिटरको अग्लो हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको हो।
दयालले असोज २९ र ३० गतेका दिन चुलुफार ईस्ट हिमालको सफल आरोहण गर्नुभएको भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य रमेश दयालले बताउनुभयो। सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा संचालित सि.सं. १ उच्च भु–भाग खोज तथा उद्दार तालिममा दामोदर हिमश्रृंखलामा पर्ने उक्त हिमाललको आरोहण गर्नुभएको उहाँले जानकारी दिनुभयो।
पर्वतीय उद्धार क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यो आरोहणले पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।