बैतडी–बझाङमा मालबाक ट्याक्टर दुर्घटना भएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–३ को गोलाई सडकमा पर्ने किर्याडी भन्ने ठाउँमा मङ्गलवार साँझ गहुँको बिउ र मल बोकेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त ६७६२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
ट्याक्टरको अचानक ब्रेक फेल हुँदा सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक बलराम रानाको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि उनलाई जिल्ला अस्पताल बझाङ पठाइएको प्रहरीले जनाएको छ।