दार्चुलामा जिपले ठक्कर दिंदा एक जनाको मृत्यु

दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।सडकमा पैदल हिँडीरहेका लुहारलाई सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका लुहारलाई जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो। लुहारलाई धनगढी लैजाने क्रममा गोकुलेश्वर नपुग्दै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले जानकारी दिए।

ठक्कर दिने जिप र जिप चालक व्याँस गाउँपालिका–३ सिना बस्ने ३८ बर्षीय कल्याणसिंह धामीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!