आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युएईसँग खेल्दैछ। खेल आईसीसी एकेडेमी ग्राउण्डमा विहान सवा ११ बजे हुनेछ।
यसअघि गएको आइतवार नेपाल अमेरिकासँग एक सय ६ रनले पराजित भएको थियो। नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ।
अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ। १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ। नेपाल, अमेरिका र युएईबीच यो श्रृङ्खला चलिरहेको हो।