बैतडी- बैतडीको मेलौली नगरपालिका-१ मा रहेको प्रसिद्ध मेलोली भगवती मन्दिरमा लाग्ने मेलाको लागी भारतीय व्यापारी पुग्ने थालेका छन् ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पुर्णिमाको दिन लाग्ने जात्रा यो वर्ष कार्तिक १८ र १९ गते लाग्ने भएको छ । यस जात्रालाई स्थानिय भाषामा देहिजाँत भनिन्छ ।
यस मेलामा स्थानिय व्यापारी तथा जिल्ला बाहिरका र छिमेकी मुलुक भारतबाट समेत व्यापारी आउने गरेका छन् ।
भारतीय व्यापारीहरु बैतडीका हरेक जात्रामा जाने गर्दछन् । यस अघि शिवनाथ गाउँपालिकाको-६ मा रहेको प्रशिद्ध शिवनाथ मन्दिर मेलामा गएका थिए भने आजबाट मेलौली भगवती मन्दिरमा लाग्ने मेलाको लागी पुग्न थालेका छन् ।यहाँको मेला सकिए पश्चात पञ्चेश्वर गाउँपालिका ४ मा लाग्ने धुरा मेलाबाट आफ्नो मुलुक भारत फर्किने गर्दछन् ।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरु, इष्टमित्र तथा परिवारसँगको भेटघाट र यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ ।
(बुधबार) आज बसेको मेलौली धार्मिक सेवा समितिको बैठकको निर्णय अनुसार मेलालाई सभ्य भभ्य रुपमा सु-सम्पन्न गर्न सम्पुर्ण सरोकार वाला संग आग्रह गरेको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथ सिंह नायकले बताउनुभयो ।