देउडा गित ‘परान’ सार्वजनिक

बैतडी : देउडा गित ‘परान’ सार्वजनीक भएको छ। गायक हिरा लावडको स्वर तथा सर्जक मनिस कुमारको शब्द र सङ्गीतमा तयार गरिएको गीत सार्वजनीक भएको हो।

प्रेम र भावनालाई मुख्य विषयवस्तु बनाइएको उक्त गीतले श्रोताको मन छुने विश्वास गरिएको छ। गीतमा मायाको मिठास, मनको संवेदना र सम्बन्धको गहिराइलाई कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ।

सङ्गीतमा निरन्तर सक्रिय सर्जक मनिस कुमारले यसअघि पनि समाजिक सन्देश र प्रेमभावनासँग जोडिएका गीतहरू प्रस्तुत गर्दै आएका छन्। “परान ” उनको अर्को सिर्जनात्मक प्रयास हो। जसले श्रोताहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो लावडले स्वर दिएको दोस्रो गित हो ।

गीतलाई लभ लाइट स्टुडियोको युटुव च्यानल लगायत विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.