नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास

नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन्।

शरदले सन् २००२ मा १५ वर्ष मुनिको र २००४ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए र दुई दशकभन्दा धेरै समय नेपाली क्रिकेटमा योगदान दिएका छन्। हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान समेत दिइएको छ।

Leave A Reply

Your email address will not be published.