बैतडीको सुर्नया गाउँपालिकामा करार कर्मचारी संघर्ष समिति गठन गरिएको छ। गाउँपालिकाका विभिन्न निकायमा कार्यरत करार कर्मचारीहरुको बुधबार भएको भेलाले संघर्ष समिति गठन गरेको हो।
गाउँपालिका अन्तर्गत शिक्षा, स्वास्थ्य, प्रशासन क्षेत्रमा कार्यरत करार कर्मचारीहरुको भेलाले सुरेन्द्रसिंह धामीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरेको हो। उक्त समितिको सहसंयोजकमा गजेन्द्रबहादुर मडै, सचिवमा शरदप्रसाद पन्त, सहसचिवमा नरेन्द्रसिंह बिष्ट, कोषाध्यक्षमा घुम्रा भाट, सहकोषाध्यक्षमा हरिसिंह महरा लगायत अन्य सदस्यहरु रहेका छन्।
यस्तै दलबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा लोकबहादुर बिष्ट र खेमराज अवस्थी सदस्य रहेका छन्। उक्त समितिले करार कर्मचारी संघर्ष समितिलाई आवश्यक सल्लाह दिने बताइएको छ।
यस्तै समितिले गाउँपालिकामा एक महिनाभन्दा बढी समयदेखि गरिएको तालाबन्दीका बिषयमा पनि चासो व्यक्त गरेको छ। तालाबन्दीका कारण सेवाग्राही मारमा परेकाले शुक्रबार गाउँकार्यपालिका, कर्मचारी र तालाबन्दी गर्ने पक्षबीच त्रीपक्षीय वार्ता गर्नका लागि आवश्यक छलफल गर्ने निर्णय भएको संघर्ष समितिका अध्यक्ष सुरेन्द्रसिंह धामीले बताए।