नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए। कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए।
लगातार दुई खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र दुईमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा छ। यसअघि आज भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो।