गायक विकको नयाँ गित “अन्धो माया” भिडियोसहित सार्वजनीक

बैतडी : लोक देउडा गायक सुशिल कुमार विकको नयाँ देउडा गित “अन्धो माया” भिडियोसहित सार्वजनीक भएको छ। बिशेष डिजिटल युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो।

गितमा गायक विकलाई गायिक रुमला साउदले स्वरमा साथ दिनुभएको छ। गायक विककै लय तथा शब्द रहेको गित बिशेष डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो। गितको एरेन्ज र तथा मिक्सीङ बिजय थापाले गर्नुभएको गायक विकले जानकारी दिनुभएको छ।

जतिय छुवाछुतसगंं सम्बन्धीत गितले जनचेतना फैलाउने अपेक्षा लिएको जनाईएको छ। गितको भिडियो गायक विककै आफ्नै गाउँ बैतडीको मेलौली नगरपालिका–०९ मा छायाकंन गरिएको छ। भिडियोमा हेमन्त विक, सपना नेपाली, मनोज विक र सिता विकको सुन्दर अभिनय रहेको छ।

केन्जिला भिडियोग्राफिबाट भिडियो पोष्ट प्रोडक्स गरिएको हो। भिडियोको सम्पादन, निर्देशन तथा छायाकंन कविराज सुनारले गर्नुभएको गायक विकले जानकारी दिनुभयो। फोर के एचडी क्वालीटीमा तयार पारिएको भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ।

भिडियोको सम्पूर्ण काम गर्ने तल्लो स्वराड क्षेत्रकै चर्चित निर्देशक सुनारले भिडियोमा आफुले सकेको मेहनत गरेको बताएका छन। आफ्नै पोष्ट प्रोडक्सन केन्जिला भिडियोग्राफिबाट भिडियो तयार पार्ने अवसर पाउँदा खुखि लागेको बताएका छन। यो भन्दा पहिला पनि धेरै भिडियो तयार पारिसकेका सुनारले भिडियोमा भएका कमि कमजोरी सुधार्दै आगामी दिनमा अझै उत्कृष्ट काम गर्दै जाने बताएका छन। साथै सुनारले यस्तै भिडियो तयार पार्न चाहनेहरुले आफुलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ।

गित तथा भिडियो हेरेर आवश्यक सल्लाह सुझाव दिन गायक विकले आग्रह गर्नुभएको छ।

भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोस्।

Leave A Reply

Your email address will not be published.