बिचरा जन्ता….

सत्ता रे भत्ताकि निम्ती, लड्या नेता हुनकी ।
नेता लड्या सुनै सुनकी, जनता मद्या नुनकी ।

देशमा सुरक्षा नाइथी, जनता छन बेहाल ।
क्या अद्या विचारा जन्ता, सुदिइ कल्ताल ॥

हात हात पार्टिका झण्डा, आपसमा जुज्जा ।
नाताबाद कृपाबाद भयो, और कसैन पुच्छा ॥

छुचाकि ल्या हरे शिव, कि धर्म कि पाप ।
उन् विद्याता गद्या हुन्की, सत्यको निशाफ ॥

जनतालाई क्या दोस लाउनु, नेता भया जाली ।
मौ बार कुकुर तेर, यइ देशका माली ॥

देशका अगुवा को हुन्, मुइ लाग्दा छन् सुच्चा ।
तेरी कसी मेरी कसी अद्या, आपसमाई लुच्छा ॥

देशकी दुर्गती धेकी, जागा होइग्या जन्ता ।
जन्ताकी कल्लाताल धेकी, नेता भइथ्या मन्ता ॥

देश लाई बर्वाद पाड्यो, भष्टाचार अरी ।
आन्दोलनका नाममा कठै, जन्ता गया मरी ॥

सहकारी ढुबाई दियो, नेतानका लाग्दाले ।
टाउक्यान कि मनपडी भईछ, जनता भाग्दाले ॥

शिक्षक कृष्ण दत्त भट्ट
केदार शिशु सुधारक मावि अजयमेरु ५ खोली मटेला, डडेल्धुरा
स्थायी ठेगाना : मेलौली नगरपालिका ६ हतरंगा, वैतडी

Leave A Reply

Your email address will not be published.