पाटन नगरपालिकाले गर्‍यो,महिला स्वास्थ्य स्वयंसेविकालाई इन्डक्सन चुलो वितरण

बैतडी-पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई इन्डक्सन चुलो वितरण गर्न थालेको छ। महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रबार वडा.नं ८, ९ र १० का २३ जना स्वयंसेविकालाई इन्डक्सन चुलो प्रदान गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

नगरपालिकाभरिका १०९ स्वयंसेविकालाई चुलो वितरण गर्ने योजनाअनुसार पहिलो चरणमा २३ जनालाई चुलो वितरण गरिएको हो।बाँकी ८६ जनालाई केही दिनभित्रै चुलो वितरण गरिने महराले जानकारी दिए। महिला स्वास्थ्य स्वयंसेविकाको कार्यबोझ घटाउने, वन तथा वातावरण संरक्षणमा सहयोग पु¥याउने तथा उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले इन्डक्सन चुलो वितरण गरिएको उनले स्पष्ट पारे।

सिद्धेश्वर स्वास्थ्यचौकीमा गरिएको चुलो वितरण तथा सम्मान कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल, वडा नं. ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्ट, वडा नं. ८ का अध्यक्ष हरिश बिष्ट, वडा नं। ९ का अध्यक्ष कालुसिंह भाट र वडा नं. १० का अध्यक्ष धनबहादुर कुँवरलगायत सहभागी थिए।

यसै क्रममा पाटन नगरपालिकाले प्रत्येक वडाबाट एक–एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई छनोट गरी सम्मान गर्ने प्रक्रिया सुरु गरेको छ। शुक्रबार वडा नं. ८, ९ र १० का तीन उत्कृष्ट स्वयंसेविकालाई सम्मान गरिएको र बाँकी सात जनालाई यो महिनाभित्र सम्मान गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए। सम्मानित स्वयंसेविकामा वडा नं. १ की जानकी बोहरा, वडा नं.२ की हरिता ऐर, वडा नं. ३ की निर्मला बिष्ट, वडा नं. ४ की जानकी महरा, वडा नं। ५ की वसन्ती ठगुन्ना, वडा नं. ६ की लक्ष्मी जोशी, वडा नं. ७ की सेतु चन्द, वडा नं. ८ की बिमला बोहरा, वडा नं। ९ की गोदावरी भाट र वडा नं. १० की दुर्गा भट्ट पर्दछन्। सम्मानप्राप्त सबैलाई प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.