बैतडी : लोक तथा देउडा गायिका अनिता साउँदको नयाँ गित “गईजाउकि बिन्द्रा बन” सार्वजनीक भएको छ। गायिका साउँदकै अफिसियल युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको हो।
गायिका साउँदलाई गायक पविन्द्र सुनारले स्वरमा साथ दिएका छन। झलक भट्टको लय तथा संगित रहेको गितलाई प्रत्युष क्रियशन रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायिका साउँदले बताउनुभयो। गितका एरेन्ज तथा मिक्स माष्टर पवन रणभाट् हुन।
गित माया प्रेममा आधारीत रहेको छ। गितमा कल्पना मल्ल र टेकराज भण्डारीले सहयोगीको रुपमा स्वर दिएका छन।
राजेश बोहराको निर्देशन रहेको गितको भिडियोमा वर्षा भण्डारी र महेश भट्टराईले सुन्दर अभिनय गरेका छन। गित तथा भिडियोलाई हेरी आवश्यक सल्लाह सुझाव दिन गायिका साउँले आग्रह गर्नुभएको छ।
सुदूरको दार्चुलामा जन्मेकी गायिका साउँदले थुप्रै गित तथा लाईभ दोहोरी गाईसकेकी छन। विकट जिल्लाबाट उदाएकी गायिका साउँदले गत विगतका गितहरु जस्तै नयाँ गितलाई पनि माया गरिदिन आग्रह गर्नुभएको छ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस्।