गायक औजीको आवाजमा देउडा गित “आँखा कांजल” सार्वजनीक

बैतडी : लोक तथा देउडा गायक शेरी औजीको आवाजमा देउडा गित “आँखा कांजल” सार्वजनीक भएको छ। गायक औजीकै अफिसियल युटूब च्यानलबाट गित भिडियोसहित सार्वजनीक भएको छ।

गितमा गायक औजीलाई गायिका बिमला नेपालीले स्वरमा साथ दिनुभएको छ। पारस चन्द ठकुरीको लय तथा खड्क बहादुर चन्दको संगित रहेको गित मधुबाला रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायक औजीले बताउनुभयो।

दिपक संगम विसीको एरेन्जमा तयार पारिएको गितमा माया प्रेमका कुरासगैं बैतडीको तल्लो स्वराडका बिभिन्न मेलापर्व र शक्तिपिठहरुको बारेमा समेत चर्चा गरिएको छ। गितको भिडियोमा आरडी भट्ट र अनु खड्काले सुन्दर अभिनय गर्नुभएको छ।

भिडियोको निर्देशन, छायाकंन र एडिट कृष्ण बाबुले गर्नुभएको जनाईएको छ। गितका बारेमा आवश्यक सल्लाह दिन गायक औजीले आग्रह गर्नुभएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस्।

 

Leave A Reply

Your email address will not be published.