बैतडी: चिवतनको शक्तिखोरमा एकदिने वित्तीय साक्षरता तथा बैंकिङ समुदाय पुनरताजकी तालिम सम्पन्न भएको छ। बिहीवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेढ शाखा कार्यालय कालिका–०९ शक्तिखोर चितवनको आयोजनामा स्याङदिमा तालिम सम्पन्न भएको हो।
ग्रामिण क्षेत्रमा वित्तीय पहुचका बारेमा जानकारीसहित तालिम सञ्चालन गरिएको शाखा प्रमुख महेश भट्टले बताउनुभयो। तालिममा चितवन शतिखोर शाखा अन्तर्गत फुलबारी जनउत्थान बैंकिङ महिला समुहका १० जना सदस्य लगायत १५ जना सहभागि भएका थिए।
यसैगरी तालिममा बचत कसरी गर्ने र ऋणबारे सदस्यहरुलाई जानकारी गरिएको थियो। तालिमबाट सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बारेमा जानकारी पाएको जनाईएको छ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेढका केन्द्र प्रमुख सुन्तली मायाप्रजाको प्रमुख आतिथ्यमा तालिम सञ्चालन गरिएको थियो।