लक्ष्मीपुर आ.वि मेलौली ७ पचकोराको ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम

बैतडी-बैतडीको मेलौली नगरपालिका ७ स्थित लक्ष्मीपुर आवि पचकोराको ३७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाईएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सिंह कार्कीको अध्यक्षतामा विविध कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा दिवस मनाईएको हो ।
लक्ष्मीपुर आविमा बजेट न्युन भएता पनि विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाका लागि सधै प्रतिबद्ध रहने विव्यस अध्यक्ष कार्कीले बताए ।

यस्तै विद्यालकी प्रधनाध्याप पवित्रा कलौनीले विद्यालयले ३७ औं बर्ष सम्म उतारचाढाब गर्दै यो स्थान सम्म आईपुग्नु नै निकै ठुलो कुरा रहेको बताउनुभयो ।साथै कार्यक्रममा प्रधानध्यापक कलौनीले बार्षिक प्रतिवेद र भावी योजना सहितको मन्तव्य, राखेका थिए ।सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.