बैतडीको शिवनाथका विद्यालयमा दुई दिन सार्वजनिक बिदा

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा भोलि र पर्सी सार्वजनिक बिदा दिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिवनाथ गाउँपालिकामा भोलिदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा विद्यालयहरुको सहभागितालाई दृष्टिगत गरि शुक्रबारको अध्यक्षस्तरको निर्णय अनुसार विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । उक्त प्रतियोगिताको तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.