बैतडी: शिवनाथ गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ। गाउँपालिकाको खेलमैदानमा प्रतियोगिताको उद्घाटन गरि सञ्चालन भएको हो।
गाउँपालिका अध्यक्ष कर्णसिह साउँदको अध्यक्षतामा प्रतियोगिता सुरु भएको प्रमुख प्रशासकीय अधिकृति नरेन्द्रसिह महताले बताउनुभयो। यसैगरी प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिह रावल रहनुभएको थियो।
उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउँद, बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिह महता लगायत बिभिन्न सघंसंस्थाका प्रमुख, वडाध्यक्षहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक एवं शिक्षक, क्याम्पस प्रमुखहरु, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो।
प्रतियोगितामा ९ विद्यालयहरु सहभागि भएका छन। दुईदिनसम्म चल्ने प्रतियोगितालाई शान्त र सभ्यभब्य तवरले सम्पन्न गर्नमा भुमिका खेलिदिन सबैमा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउँदले आग्रह गर्नुभएको छ।