बैतडीको मेलौलीमा महिला पुरुष क्रिकेट प्रतियोगिता हुदैं

बैतडी : मेलौली नगरपालिका–०७ मा वडास्तरीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। यहि पौष २५ गतेदेखी प्रतियोगिता सञ्चालन हुने जनाईएको छ।

मणिलेक माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन पौष २४ गतेसम्म टिम दर्ता गरिसक्न वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो। गत बिगतका वर्षहरुदेखी खेलकुद प्रतियोगिता गर्दै आएको वडाले यो वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो।

प्रतियोगिताको बिजेता हुने महिला पुरुष दुबैको टिमलाई १७ हजार र द्धित्तीय हुनेलाई १२ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो। प्रतियोगितामा वडाभित्रका खेलाडीहरुलाई सहभागि हुन संयोजक चन्दले आग्रह गर्नुभएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.