बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौलीको तदर्थ समिति गठन गरिएको छ। मेलौली काडाँ बजारमा सोमबार एक कार्यक्रमका बिच तदर्थ समिति गठन गरिएको छ।
तदर्थ समितिको सभापतिमा महेन्द्र भट्टलाई चयन गरिएको जनाईएको छ। यसैगरी तदर्थ समितिको उपसभापतिमा कृष्ण दत्त ओझा, सचिवमा रामसिह बिष्ट र कोषाध्यक्षमा कृष्णा भट्ट लगायत ११ सदस्यीय समिति चयन गरिएको सभापति भट्टले बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति भिम नाथ र हालसालै रास्वपामा प्रबेश गरेका हरिमोहन भण्डारी लगायतका नेता कार्यकर्ताको उपस्थितिमा तदर्थ समिति चयन गरिएको हो। तदर्थ समितिको सभापतिमा चयन भएका भट्ट पनि केहि दिन अगाडी बैतडीको पाटनमा भएको रास्वपाको भेलाबाट नेपाली कांग्रेस परित्याग गरि पार्टी प्रवेश गरेका थिए।
भोलीदेखी वडातहको अधिवेशन र केहि दिनमै नगर अधिवेशन गर्ने तयारी समेत रहेको सभापति भट्टले बताउनुभयो।