बैतडीको पाटनमा लागू औषध खैरो हेरोइनसहित पाँच जना पक्राउ

बैतडीमा लागू औषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपालिका–६ बजारमा रहेको एसकेएनएस निर्माण सेवा प्रालिबाट सोही ठाउँका २१ बर्षीय हेमन्त बिष्ट, २२ बर्षीय कपिल बिष्ट, १८ बर्षीय शशांक चन्द, २० बर्षीय विष्णु बिष्ट र २२ बर्षीय सुभाष कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।

लागू औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार खानतलासी गर्दा लुकाइराखेको अवस्थामा २ सय ५० मिलिग्राम खैरो हेरोइन फेला पारी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए। पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए।

पछिल्लो समयमा प्रहरीले लागू औषध नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। युवा अवस्थाका मानिसहरु समेत लागू औषधको दुर्व्यसनमा फसेकाले प्रहरीले यसको नियन्त्रणका लागि अभियान थालेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.