आजदेखि डडेल्धुरा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

बैतडी : डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई कार्यकक्षमा दुव्र्यवहार भएको घटनाको विरोधमा आज (विहिबार)देखि आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिने भएको छ।

नेकपा (बहुमत)को नाममा आएका व्यक्तिहरूले विभिन्न आरोप लगाउँदै बुधवार ओझामाथि कालोमसो दलेका थिए। अस्पताल विकास समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको मनोबल कमजोर बनाउने घटनाप्रति विरोध जनाउँदै अस्पतालको सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ।

दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएसम्म र घटनाले गिराएको कर्मचारीको मनोबललाई मध्यनजर गर्दै बिहीबारदेखि आकस्मिक सेवाबाहेक अन्य सबै सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको अस्पताल विकास समितिको विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्ने चार जनाको पहिचान भइसकेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.