राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट आज चार जनाले आ–आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका छन्।
धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रत्यासीहरूले मनोनयन दर्ता गराएका हुन्। प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक पुरुषको कोटा९अन्य समूह० तर्फ नेपाली कांग्रेसका खम्महादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकारा जैशीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले जानकारी दिए।
यस्तै, रिक्त हुन लागेको एक महिला कोटाका लागि नेकपा९एमाले०की लीलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएकी छिन्। नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा र नेपाली कम्युनिष्ट पार्टीले एकल रुपमा उम्मेदवारीको मनोनयन दर्ता गराएको हो। यो प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य ९एक महिला एक पुरुष०को पदावधि सकिन लागेको छ।
यही पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने निर्वाचन कार्यतालिका छ। राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख÷उपप्रमुख र अध्यक्षरउपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ।
यो निर्वाचनका लागि ५२ प्रदेशसभा सदस्य मतदाता छन्। प्रदेशसभाका एक सदस्य निलम्वनमा छन्। यस्तै, प्रदेशका सबै ८८ पालिका तहका प्रमुख÷उप्रमुख र अध्यक्ष÷उपाध्यक्ष गरी १७५ मतदाता छन्। पालिका तहका एक मतदाता पनि निलम्वनमा छन्।