बैतडश्र । डडेल्धुरा अस्पतालको सेवा आजदेखि नियमित रुपमा सञ्चालन हुने सहमति भएको छ। डडेल्धुरा अस्पतालमा बसेको सर्वपक्षिय बैठकले सो–निर्णय गरेको जिल्ला समुन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले जानकारी दिए।
अस्पताल विकास समितिका अध्यक्षमाथि भएको दुव्र्यवहारमा संलग्नहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहि गर्ने,आगामि दिनमा यस्ता प्रकारका गतिविधिहरु नियन्त्रण गर्न सुरक्षा सर्तकता अपनाउँदै संकास्पद गतिविधिकाबारे स्थानीय प्रशासनलाई जानकारी दिने, र बिरामी/सेवाग्राहिको स्वास्थ्यलाई मध्यनजर राखि आज अपरान्ह २ वजेबाट सेवा सुचारु गर्ने सर्तमा अस्पतालले नियमित रुपमा सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख भण्डारीले वताए।
बुधबार अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि नेकपा बहुमत निकटको युवा संगठन (कम्युनिष्ट युवा संगठन नेपाल)ले अध्यक्षकै कार्यकक्षमा उनलाई कालोमोसो दलेका थिए। सो–को बिरोधमा अध्यक्ष माथि अमानविय व्यवहार गरिएको भन्दै बिहीबारदेखि आकस्मिक वाहेकका सेवाहरु बन्द गर्ने अस्पताल विकास समितिले बुधबार एक विज्ञप्ती मार्फत जानकारी दिएको थियो।
बिहीबार जिल्ला समुन्वय समितिका प्रमुख गगनसिंह भण्डारी,अमरगढी नगर प्रमुख डिल्लीराज जोशी,प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोईराला, अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा,अस्पतालका मेसु डा। सुधा देवकोटा लगाएत बसेको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हो।
