बैतडीको मेलौलीका रावतको उपचारमा समस्या, सहयोगको अपिल

बैतडी: मेलौली नगरपालिका–०७ पचकोरा कफलानीका नकुलसिह रावतको उपचारमा आर्थिक समस्या भएको छ। दाउराको लागि रुख काट्ने क्रममा रुखमुनि च्यापिएर दुईटै खुट्टा भाचिएका रावतको उपचारमा आर्थिक समस्या भएको हो।

कैलालीको अत्तरीयामा उपचार गराईरहेका रावतको उपचारमा करिब ७–८ लाँख रुपैया लाग्ने अस्पतालले जानकारी दिएको छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा आर्थिक समस्या भएको नकुलका छोरा प्रेमसिह रावतले बताउनुभयो।

आफ्नो बुवाको उपचारमा सकेको सहयोग गरिदिन उनका छोराले सबैलाई अपिल गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.