पञ्चेश्वरकाे राईपुर आविद्वारा अभिभावकसंग अन्तरक्रिया सम्पन्न

बैतडी – राईपूर आधारभूत विद्यालय पञ्चेश्वर गाउपालिका-०४ निङ्लाडकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अर्धवार्षिक परिक्षाकाे नतिजा प्रकाशन तथा अभिभावकसंग अन्तरक्रिया गरिएको हाे। अन्तरक्रियामा विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरू सहभागी हुनुभएको प्रधानाध्यापक भरत चन्दले बताउनुभयो। हरेक वर्ष अभिभावककाे उपस्थितिमा नतिजा सार्वजनिक गरिने गरेकाे चन्दले जानकारी दिनुभयो। यसैगरी प्रथम त्रैमासिक र अर्धवार्षिक परिक्षामा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरूलाई पुरूस्कार समेत प्रदान गरिएको जनाईएकाे छ।

शिक्षकहरूले विद्यार्थीकाे प्रगतिबारेमा अभिभावकहरूलाई जानकारी गराउनु भएको थियाे। शैक्षिक गुणस्तर सुधारमा शिक्षक र अभिभावकले खेल्नुपर्ने भुमिकामा कमि नआउने बताईएकाे छ। अन्तरक्रियामा शिक्षक, अभिभावकका साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे उपस्थिति रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.