सिद्धेश्वर माविको विव्यस अध्यक्षमा ठगुन्ना चयन

बैतडीको पाटन नगरपालिका–०१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक बिद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। बिहीबार बसेको अभिभावक भेलाबाट वडाअध्यक्ष समेत रहेका तर्कसिह ठगुन्नाको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको प्रधानाध्यापक दिपेन्द्रसिह चाडले बताउनुभयो।

सदस्यहरुमा दिनेश लामिछाने, पदम राज भट्टराई, बल्देब भट्टराई, माया भट्टराई, रमा भट्टराई, कलावति विक, सदस्य सचिवमा प्रधानाध्यापक दिपेन्द्रसिह चाड र एकजना शिक्षक प्रतिनिधिलाई चयन गरिएको छ। अभिभावक भेलाले सर्वसम्मत ठगुन्नाको नेतृत्वमा समिती चयन गरिएको जनाएको छ।

विद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरुसंग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्षसंग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष ठगुन्नाले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.