बैतडीको पञ्चेश्वरमा पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड माघ ६ गतेदेखी

बैतडी : पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ गतेदेखी ८ गतेसम्म हुने भएको छ। देवथला खेल मैदान पञ्चेश्वर गाउँपालिका–०५ धिरमोडाको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बिहीवार एक सुचना प्रकासन गर्दै पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बारेमा जानकारी गराएको हो। प्रतियोगितामा पालिका भरीका सम्पूर्ण माध्यमिक विद्यालहरुलाई विद्यार्थीहरु सहभागि गराईदिन आग्रह गरिएको छ।

प्रतियोगितामा सहभागि हुने माध्यमिक विद्यालहरुले माघ १ गतेसम्म विद्यार्थीहरुको बिवरण पठाउनु पर्ने छ। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा विद्यार्थीहरुको बिवरणसहित फारम पठाउनु पर्ने गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

प्रतियोगिताको मुख्य व्यवस्थापको जिम्मेवारी नागार्चन माध्यमिक विद्यालयले लिएको छ। यसैगरी सह–व्यवस्थापकको जिम्मेवारी जयपुर मावि, आमपुर मावि र माहाकाली माविले लिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो।

प्रतियोगितालाई सभ्य भब्य तवरले सम्पन्न गर्नमा भुमिका खेलिदिन गाउँपालिकाले आग्रह गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.