सरस्वती आधारभुत विद्यालयको १८ औं बार्षिकोत्सव सम्पन्न

बैतडी : शिवनाथ गाउँपालिका–०१ बोडब्यामा रहेको सरस्वती आधारभुत विद्यालयको १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बिहीवार एक कार्यक्रमका बिच १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज जोशीको अध्यक्षता तथा वडाध्यक्ष बल्देबसिह चाड्को प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको सहायक प्रधानाध्यापक भानसिह साउँदले जानकारी दिनुभयो। यसैगरी कार्यक्रमको बिशिष्ट अतिथि पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्रसिह चाड रहनुभएको जनाईएको छ।

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद चौधरीले शैक्षिक सत्र २०८१ को बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। बार्षिकोत्सवको अवसरमा कक्षा प्रथम, दित्तीय र तृतीय हुने विद्यार्थीहरुका साथै बिभिन्न प्रतियोगिताहरुका सहभागि विद्यार्थीहरुलाई पुरुस्कार वितरण गरिएको जनाईएको छ।

कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न संस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, बिभिन्न सघंसंस्थाका कर्मचारी, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि, अभिभावक लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई शिक्षक भुपेन्द्रसिह साउँदले सञ्चालन गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.