बैतडी: मेलौली नगरपालिका–०७ मा छैटौं वडास्तरीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ। मणिलेक माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन भएको हो।
वडा खेलकुद विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षता तथा वडाध्यक्ष रामचन्द्र भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ। गत बिगतका वर्षहरुदेखी खेलकुद प्रतियोगिता गर्दै आएको वडाले यो वर्ष पनि प्रतियोगिता सञ्चालन गरेको वडाध्यक्ष भट्टले बताउनुभयो।
प्रतियोगिताको बिजेता हुने महिला पुरुष दुबैको टिमलाई १७ हजार र द्धित्तीय हुनेलाई १२ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो।