बैतडीको मेलौलीमा नगरस्तरीय विज्ञान शिक्षक तालिम सुरु

बैतडी : मेलौलीमा मा.वि तहका विज्ञान शिक्षकहरुका लागि ३ दिने शैक्षिक सामग्री निर्माण तथा प्रयोग सम्बन्धी तालिम सुरु भएको छ। मेलौली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयमा सञ्चालित विज्ञान विषय प्रवद्र्धन कार्यक्रमको आयोजनामा तालिम सञ्चालन भएको हो।

मणिलेक नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवसिह भाट्को अध्यक्षता तथा मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख मुनु कुमारी क्षेत्रीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो। तालिम आजबाट ३ दिनसम्म सञ्चालन हुने जनाईएको छ।

तालिममा १८ जना शिक्षकहरु सहभागि भएका छन। तालिमको कुलाउ माविका विज्ञान शिक्षक शिवराज कलौनी, मणिलेक माविका भौतिक विज्ञान शिक्षक रमेश कुमार जोशी, जिव विज्ञान शिक्षक तेजसिह बिष्ट, केदारेश्वर माविका शिक्षक नारायण दत्त जोशी र बिजयपुर माविका शिक्षक हरिश बहादुर चन्दले सहजीकरण गर्ने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.