बैतडी । मेलौलीमा स्थापना हुने भनिएको ईलाका प्रशासन कार्यालको निरिक्षण तथा अनुगमन गरिएको छ। शनिबार प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल सहितको टोलिले अनुगमन गरेको हो।
मेलौली नगरपालिका क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि सम्भाव्य स्थानको निरीक्षण गरिएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताउनुभयो । मेलौली नगरपालिकाको कार्यालय भवनसँगै वडा न १ मा रहेको भवन र वडा नं ७ स्थित आँखा उपचारको केन्द्र रहेको भवनको पनि निरीक्षण गरिएको उनले बताउनुभयो ।
ईलाका प्रशासन कार्यालयको उपयुक्त ठाउँ, भवन लगायत आवश्यक पूर्वाधार लागयतका कुराहरुको अनुगमन तथा निरिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। यसैगरी कार्यालय प्रायोजनका लागि आवश्यक सामाग्री, उपकरण र कर्मचारीको व्यवस्था मिलाउने कामपनि भईरहेको जनाईएको छ।
ईलाका प्रशासन कार्यालय कहिलेबाट सञ्चालनमा आउने भन्नेकुरा आजै भन्न नकिएपनि छिट्टै सञ्चालन ल्याउनमा आफु प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। मेलौलीमा ईलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि तल्लो स्वराडका नागरीकहरुलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने छ।
सरकारले बैतडीको मेलौली सहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने बताइएको छ।