बैतडी : मेलौलीमा आँखा शिविर सञ्चालन हुने भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा माघ ७ र ८ गतेका दिन आँखा शिविर सञ्चालन हुने भएको हो।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली र मेलौली नगरपालिकाको साझेदारीमा आँखा शिविर सञ्चालन हुने गेटा आँखा अस्पतालका मेडिकल डाईरेक्टर (चिफ) सुरेश राज पन्तले बताउनुभयो। शिविरमा मोतिबिन्दु लगायत आँखाको नि:शुल्क शल्यक्रिया, औषधी र चस्मा वितरण गरिने बताउनुभयो।
आवश्यकक्ता बाहेकका अन्यलाई सुपथ मुल्यमा समेत चस्मा वितरण गरिने जनाईएको छ। शिविरबाट आँखाको समस्या भएका नागरीकहरुलाई सेवा लिन अनुरोध गरिएको छ।
मेलौलीमा आँखा शिविर सञ्चालनका लागि मेलौली नगरपालिका र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल गेटा कैलाली बिच सम्झौता गरिएको थियो।
