शिवनाथ कृषि बहुउेश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न

बैतडी-शिवनाथ गाउँपालिका वडा न २ शर्मालीमा रहेको शिवनाथ कृषि बहुउेश्यीय सहकारी संस्थाको ८ औँ साधारण सभा सम्पन्न भएको छ ।आईतबार संस्थाको बार्षिक ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष कुन्दा साउँदको अध्यक्षतामा आयोजित साधारण सभामा शिवनाथ गाउँपालिका वडा.न- २ का वडा अध्यक्ष सुरेन्द्र सिंह साउँद प्रमुख अतिथि थिए ।

सभामा प्रमुख अतिथि साउँदले शिवनाथ कृषि बहुउेश्यीय सहकारी संस्था भएको कारण कृषि ऋणको सदुपयोग गरी आम्दानी बढाउनुका साथै संस्थालाई रकम बुझाउनु ऋणीहरूको जिम्मेवारी भएको बताउनुभयो । उनले सहकारी संस्थाले सदस्यलाई सहज रूपमा सेवा उपलब्ध गराउँदै जीवनस्तर र आर्थिक वृद्धि गर्ने काम गर्दै आएको बताउनुभयो।

सीप सिक्न, व्यवसायसँग जोडिन र उत्पादनशील कार्यमा लाग्नका लागि सहकारीले सहज रूपमा ऋण उपलब्ध गराउँदै आएको उनले बताउनुभयो ।साउँदले सहकारीको सफलताका लागि सञ्चालन समितिको बुद्धि–विवेक, कर्मचारीको कर्मठता र शेयर सदस्यको इमानदारी अत्यावश्यक हुने धारणा व्यक्त गरे ।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाकी अध्यक्ष साउँदले गरेकी थिइन् । यस्तै सभामा अध्यक्ष साउँले साउँदले शिवनाथ कृषि बहुउेश्यीय सहकारी संस्था लिमिटेड नाफामुखी नभई सेवा मुखी संस्था रहेको बताईन् ।

उनले आर्थिक रूपमा कमजोर भएका सदस्यहरूलाई रोजगारमुखि बनाउन साथै जीवनस्तर उकास्न सहज बनाउने उद्देश्यले ऋणमा लगायत सेवाहरु उपलब्ध गराउँदै आईरहेको बताईन् ।

यस्तै संस्थाको आ.व २०८२ र ०८३ को आयव्यय प्रगती प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष साउँदले यस सहकारी संस्थामा हाल १ हजार ९सय ५५ जना शेयर सदस्यहरु रहेको बताईन् ।

संस्थाले ५ करोड १० लाख ९ हजार ५ सय ५६ रूपैयाँको कारोबार गरेको संस्थाका फिल्ड कार्डिनेटर राज सिंह खत्रीले बताउनुभयो

Leave A Reply

Your email address will not be published.