बैतडीमा जिप दुर्घटनामा परेको छ। जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका वडा नं ६ को मोतिनगरबाट डडेल्धुरा तर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो।
जिपमा करिब २० जनासम्म सवार रहेको बुझिएको छ। सडकबाट करिब २ सय मिटर तल खसेकाले ठुलै हाताहाती भएको बताइएको छ। दुर्घटनाको खबर आएको र घटनास्थलमा खोड्पे प्रहरी चौकीबाट टोलि खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख दिपककुमार रायले जानकारी दिनुभयो।