बैतडीको शिवनाथले दियो मेलाको अवसरमा आज सार्वजनिक बिदा

बैतडीको शिवनाथ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको वडा नं १ स्थित नागार्जुन धाममा लाग्ने मेलाको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। नागार्जुन धाममा हरेक बर्ष पौष मसान्त र मकर संक्रान्तिका दिन मेला लाग्ने गर्दछ । उक्त मेलालाई गङ्नान मेलाको रुपमा स्थानीयहरुले मनाउने गरेका छन् ।

नागार्जुन धाममा सूर्य धनुराशीमै छदाँ मेला लाग्ने भएकाले उक्त धाममा आज पूजाआजासहित मेला लाग्ने बताइएको छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गङ्नान मेलामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर आज सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

Bida-1768271683.jpg

Leave A Reply

Your email address will not be published.