नेकपा बैतडीबाट भट्ट एकल उम्मेदवार सिफारिस

बैतडी: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी बैतडीले परमानन्द भट्टलाई एकल सिफारिस गरेको छ। यस अघि नरेन्द्र कुँवर ९विजयसुन्दर० र प्रमानन्द भट्टलाई सिफारिस गरेको नेकपाले विजयसुन्दरले नाम फिर्ता लिदै परमानन्द भट्टलाई समर्थन गरेपछि भट्टलाइ एकल सिफारिस गरेको हो।

परमानन्द भट्ट बैतडीमा वामपन्थी राजनीति सुरुवात गर्ने तथा कम्युनिष्ट विचारधारालाई प्रवाहित गर्ने अग्रज नेता भएकाले उहाँलाई आफुले समर्थन गरेको नरेन्द्र कुँवर (विजयसुन्दर) को भनाई छ। उहाँले भन्नुभयो, ‘बैतडीमा कम्युनिष्ट विचार प्रवाहित गर्ने अग्रज नेता भएकाले उहाँको सम्मान स्वरुप मैले उहाँलाई पुर्ण समर्थन गर्ने निर्णय गरेको हुँ।’

बैतडी कम्युनिष्ट पार्टीका संस्थापक मानिने परमानन्द भट्टले लामो समय एमाले पार्टी संगठन निर्माणमा विताउनुभयो। एमाले पार्टीका संस्थापक मानिने भट्टलाई एमाले पार्टीले जहित्यै अवसरबाट बञ्चित गराएकाले उहाँको सम्मान स्वरुप आफुले उहाँलाई सहयोग गर्ने र अन्य वामपन्थीहरुले पनि उहाँलाई सहयोग गर्ने विश्वास लिएको नरेन्द्र कुँवरको भनाई छ।

Leave A Reply

Your email address will not be published.