बैतडी –बैतडीको मेलौली नगरपालिकाको अठारौैं नगरसभा मंगलबार सम्पन्न भएको छ । योजना तथा बजेट संशोधन लगायतका निर्णयहरु पारित गर्दै नगरसभा सम्पन्न भएको प्रमुख प्रसाशकीय अधिकृत दल बहादुर धामीले बताउनुभयो ।
नगरसभाले यसअघि नगरकार्यपालिकाले गरेका निर्णयहरु समेत अनुमोदन गरेको नगर उपप्रमुख पार्वती बोहरा विष्टले बताइन् ।
सभाका अध्यक्ष नगरप्रमुख भीम बहादुर चन्द भुकम्पले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गईरहेको बताउनुभयो ।
नगरपालिकाको सभाहलमा सम्पन्न नगर सभामा नगर प्रमुख चन्दले चालु आर्थिक बर्ष २०८२र ०८३ को हालसम्मको प्रगति प्रस्तुत गर्नुभएको थियो।
नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।