बैतडी – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमामा ११ राष्ट्रिय योग दिवस २०८२, मनाईएको छ ।
योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले २०७२ सालदेखि हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । यसै अवसरमा मेलौलीमा पनि हरेक वर्ष जस्तै यो वर्ष पनि एक कार्यक्रमका बिच योग दिवस मनाईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिक्मत बहादुर चन्दले बताउनुभयो ।
योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप,मोटोपनजस्ता दीर्घरोगबाट बच्न सहयोग पुग्ने चन्दले बताउनु भएको छ । योगले तनावपुर्ण जिवनबाट छुट्करा मिल्ने र स्वास्थ्य स्वस्थ राख्न मदत गर्ने हुदाँ सबैमा योग गर्न चन्दले आग्रह समेत गर्नुभयो ।
उक्त कार्यक्रमका सभापति जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख हिकमत बहादुर चन्द, प्रमुख अथिती नि.वर्तमान क्याम्पस प्रमुख भवानी सिंह नायक,विशिष्ट अथिती जनचेतना आ.वि.का शिक्षिका रुवी नायक, लगायत पत्रकार तथा अन्य व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।