बैतडी–बैतडीको मेलौली नगरपालिका–४ स्थित विजयपुर मावी तितावैको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हर्क बहादुर चन्द सर्वसम्मत चयन भएका छन् ।
विहिबार भएको अभिभावक भेलाले चन्दलाई अध्यक्षका लागि सर्वसम्मत चयन गरेको हो । चन्दको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा अर्जुन चन्द ,पदम सिंह भण्डारी,महाविर चन्द , चचला चन्द ,कलावती चन्द संगीता विक , शिक्षक प्रतिनिधि अर्जुन सिंह भण्डारी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक मीन सिंह भण्डारी रहेका छन् ।
विजयपुर माविमा अहिले कक्षा १२ सम्मको पढाई हुने गरेको छ । उक्त विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत सञ्चालन गर्दै आएको छ । अभिभावक, शिक्षक र विद्यार्थीहरुसंगको सहकार्यमा अझै पनि विद्यालयलाई नयाँ उचाइमा पुर्याउने आफ्नो योजना रहेको अध्यक्ष चन्दले बताउनुभयो ।