आमोद इंग्लिश बोर्डिङ स्कूलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

बैतडी-ईलाका प्रहरी प्रहरी कार्यालय तस्व देही मेलौलीले नगरपालिकाकाका सबै सामुदायिक तथा निजी विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

शुक्रबार मेलाली- ७ स्थित आमोद इंग्लिश बोर्डिङ स्कूलमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको हो ।विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराई रहेको बताईएको छ ।

साथै विद्यालयहरुमा पुगेर उपस्थित शिक्षक तथा विद्यार्थीहरुलाई अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयमा आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, लैंगिक हिंसा, जबरजस्ती करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण प्रदान गरिएको थियो

Leave A Reply

Your email address will not be published.