बाजुरामा आफ्नै घरको छतबाट लडेर एक वृद्धाको मृत्यु

बाजुरा-बाजुरामा आफ्नै घरको छतबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।

बाजुराको बडिमालिका नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षकी कमला लुहारको छतबाट लडेर मृत्यु भएको हो। शुक्रवार आफ्नै घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर उनी बेहोस भएकी थिएन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी, बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Leave A Reply

Your email address will not be published.