मेलौली-५ मा अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

विजेतालाई ३३३३३ हजार रुपैयाँ पुरस्कार

बैतडी-बैतडीको मेलौली नगरपालिका ५ खलिगाडमा अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
मकर संक्रान्तीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस बर्ष माघ १६ गते शहिद दिवसको अवसरमा नवौं मकर सक्रान्ती कप सञ्चालन हुने महारुद्र स्पोर्टस क्लबका सल्लाहकार प्रेम बहादुर चन्दले बताउनुभयो ।
क्लबका अध्यक्ष रमेश पुजाराका अनुसार माघ १६ गतेदेखि दुर्गा मावि मेलौली –५ खलिगाडको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुन पाउने बताएका छन ।

प्रतियोगिताको विजेता टिमलाई  ३३३३३ हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।दोस्रो हुने टिमले १५५५५ हजार, तेस्रोले १०१११ हजाररुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् ।
यसैगरी उत्कृष्ट खेलाडीले दुई हजार हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुशासित खेलाडीले २ हजार २ सय रुपैंया प्राप्त गर्ने क्लवका सचिव दिपक दमाईले जानकारी दिनुभयो ।

त्यस्तै, वेष्ट स्पाईकरलाई पाँच सय रुपैयाँ तथा विधागत पुरस्कार अन्तर्गत वेष्ट सेटर,बेस्ट ब्लकर, सेटर, डिफेन्डर,सर्भरलाई जनही पाँच सय रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतियोगितमा सहभागी हुने ईच्छुक खेलाडीहरुले यहि माछ १५ गते दिंउसो ५ बजेसम्म टिम दर्ता गराउन क्लबले अनुरोध गरेको छ।

टिम दर्ता गराउदा तिन हजार रुपैया शुल्क लाग्ने क्लबले जनाएको छ।यस प्रतियोगिताले स्थानीय स्तरमा लुकेका खेल प्रतिभा उजागर गर्नुका साथै युवाहरूलाई अनुशासित बनाउने क्लवका अध्यक्ष रमेश पुजाराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.