बैतडी-जन्मदिनको अवसरमा एकजना स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेकी छन् ।
मेलौली नगरपालिका वडा.न-१ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र हरिचनका संस्था प्रमख सिता विष्टले आफुले अध्ययन गरेको सिंगापुर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई विभिन्न समग्री वितरण गरेकी हुन् ।

कुल ५६ जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल, सरसफाइका सामाग्री साबुन,प्याड लगायतका शैक्षिक एवम् स्वास्थ्य सामग्री प्रदान गरेको विष्टले बताईन् ।

जन्मदिनको अवसरमा फजुल खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरेको विष्टको भनाई छ ।जन्मोत्सवमा हुने बेफजुल खर्चलाई कटौती गरि बालबालिकाको पढाइ लेखाइमा सहयोग पुग्ने हेतुले शैक्षिक सामाग्री वितरण गरेको विष्टले बताईन ।

समग्री पाएपछि विद्यार्थीहरु खुसि भएका छन्। जन्मदिनको अवसरमा शिक्षा क्षेत्रसँग जोडिनु भएकोमा विद्यालयका प्रधानाध्यापक राजेश्वरी क्षेत्रीले धन्यवाद दिनु भएको थियो ।
