शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत मन्त्री पुनले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको अर्थमन्त्री खनालले लेख्नुभएको छ । यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.