बैतडीको मेलौली नगरपालिका–०९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा समिति विस्तार गरेको छ। रास्वपाका मेलौली नगर कमिटी सभापति महेन्द्र भट्टको प्रमुख आतिथ्यमा वडा समिति बिस्तार गरिएको हो।
वडा समितिको सभापतिमा केशब दत्त भट्ट चयन भएका छन। यसैगरी उपसभापतिमा संजय सोनी, सचिवमा हिक्मत टमटा, सह-सचिवमा नरेश राम दमाई, कोषाध्यक्षमा कमला भट्ट, सदस्यहरुमा कविता महर, दामोदर विक, सुरेश भट्ट, जसुदेवी तिर्वा, कृष्ण बहादुर चन्द र दिनेश भट्टलाई चयन गरिएको नगर कमिटी सभापति भट्टले बताउनुभयो।
वडा समिति बिस्तारको अवसर पारेर अन्य दलहरुबाट १० जना रास्वपा प्रवेस गरेको बताईएको छ। पछिल्लो समयमा रास्वपाप्रति युवाहरुको आकर्षण बढ्दै गएको सभापति भट्टले बताउनुभयो।
मेलौलीका सबै वडामा पार्टी समिति विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।